विद्यालय कर्मचारीद्वारा सामुदायिक विद्यालय बन्द आह्वान

हिजोबाट आन्दोलन शुरू

0
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०÷०८१ सालको बजेटमा विद्यालयका कर्मचारीको मुद्दा सम्बोधन नगरेको भन्दै देशैभरका विद्यालयका कर्मचारीले विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरूले असार २ गतेबाट देशैभरका सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका छन् । विद्यालय कर्मचारी परिषद्ले हिजोबाट आन्दोलन शुरू गरेको हो ।

आन्दोलनको कार्यक्रमअनुसार हिजो आइतबारदेखि देशैभरका शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना दिएका छन् । धर्ना कार्यक्रम २६ गतेसम्म जारी रहनेछ । २७ गतेबाट राजधानी केन्द्रित आन्दोलन हुनेछ । सो आन्दोलनअन्तर्गत असार १ गतेसम्म भद्रकालीमा धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् ।

त्यस्तै, यो आन्दोलनलाई सामुदायिक विद्यालय कर्मचारी संघले ऐक्यवद्धता जनाएको छ । संघले विद्यालय कर्मचारीलाई जिल्ला र राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ । संघले सरकारको नीति तथा कार्यक्रमको बुँदानम्बर १२७ हराएको भन्दै उक्त आन्दोलनमा ऐक्वद्धता जनाएको हो ।