अर्थमन्त्री महत र आन्दोलनरत लगानीकर्ताबीच छलफल, बजेटमा व्यवस्था भएको कर नलाग्ने



काठमाडौं । 

 अर्थमन्त्री डा .प्रकाशशरण महत र आन्दोलनरत लगानीकर्ताबीच बजेटमा व्यवस्था भएको कर नलाग्ने विषयमा छलफल भएको छ । अर्थसचिव अर्जुन पोखरेलको नेतृत्वमा आइतबार मन्त्रालयमा लगानीकर्तासँग छलफल गरिएकाे हाे ।

उक्त छलफलमा बजेटमा व्यवस्था भएको कर नलाग्ने  विषयमा छलफल भएको अर्थमन्त्री महतले जानकारी दिए । उनले लगानीकर्ताको मागमा समर्थन जनाउँदै पुँजीगत लाभकर नै अन्तिम भएको बताएका थिए। अर्थमन्त्री महतले कसैलाई पनि प्यानिक नहुन आग्रह गरेका छन्। मन्त्रालयले विज्ञप्ति नै जारी गरेर कर नलाग्ने जनाएको हो।

अर्थमन्त्रीले अहिले कर प्रस्ताव गरिएको भन्दै त्यसलाई संसदबाट पारित हुनुअघि नै संशोधन गरिने बताए। बजेटमा ब्यवस्थापछि सेयर बजार निरन्तर ओरालो लागेको जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्