राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित



काठमाडौं । राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ । राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर प्रतिपक्षी दलको अवरोधपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएको हो ।

एमालेसहितका प्रतिपक्षी दलका सांसदहरुको अवरोधपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार नै बस्ने गरी २९ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्