सन्दीप लामिछाने भाेलि दक्षिण अफ्रिका जाँदै



काठमाडौं ।

राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने सोमबार बेलुका दक्षिण अफ्रिका जाँदै छन् । नेपाल क्रिकेट संघ क्यानले जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिका पठाउन लागेकाे हाे  ।

बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका  पठाउने निर्णय गरेकाे हाे  ।

लामिछानेको पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्