मलेसियाविरुद्धको टी-२० खेलमा नेपाल ३-२ ले विजयी

0
Shares

काठमाडौं ।

मलेसियासँगको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ । आइतबार भएको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले हराएसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।  नेपालले श्रृंखला ३–२ ले जितेको हो ।

यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्धको श्रृंखला जितेको थियो । त्यसपछि पहिलोपटक मलेसियासँगको श्रृंखला जितेको हो । आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा नै ७ विकेट गुमाएर भेट्टाएर उपाधि चुमेको हो । नेपालका लागि सीता राना मगरले ३७ बलमा ६ चौकाको मद्दतले ३४ रन जोडिन् भने रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।

मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन् ।