एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने

0
Shares

काठमाडौं । प्रतिपक्षी एमालेले संसद् बैठक अवरुद्ध गर्ने भएको छ ।

उसले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै संसद् बैठक अवरुद्ध गर्न लागेको हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले दुईपटक पारित गरेर पठाएको उक्त विधेयक रोकेकी थिइन् ।

मन्त्रिपपिरषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह सहितको पत्र राष्ट्रपतिलाई १२ जेठमा लेखेको थियो ।

जेठ १७ गते राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

संसद् बैठक आज (आइतबार) बिहान ११ बजे बस्ने गरी बोलाइए पनि अहिलेसम्म बस्न सकेको छैन ।