संसद् बैठकको कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव

0
Shares

काठमाडौं । राप्रपाले प्रतिनिधि सभाको बैठकको नियमति कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै शुरू भएको छैन । तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेकय प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमति रूपमा संसद् बैठक अघि नबढ्ने भन्दै निर्धारित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरिएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ७४ बमोजिम संसद् वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेस गरेका छन् ।