रामोसले पिएसजीबाट विदा लिने



लन्डन । स्पेनिस डिफेन्डर सर्जियो रामोसले सिजनको अन्त्यसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट विदा लिने भएका छन् ।

डिफेन्डर सर्जियो रामोसले शनिबार लिग वानको सिजनको अन्त्यमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन छाड्ने निर्णय गरेका हुन् ।

लियोनेल मेस्सीले क्लब छाड्ने पुष्टि गरेसँगै रामोस पिएसजी छाड्ने दोस्रो स्टार खेलाडी हुन् । रामोसले ट्विट गर्दै पिएसजीबाट विदा लिने घोषणा गरेका हुन् । रामोसले शनिबार क्लेरमोन्ट फुटविरुद्ध पिएसजीका लागि अन्तिम म्याच खेलेका छन् ।

३७ वर्षीया रामोसले पीएसजीका लागि ५८ म्याच खेलेका छन् । सन् २०२१ मा उन रियल मेड्रिडबाट आएपछि दुई फ्रेन्च उपाधि जितेका छन् ।

विश्वकप र दुई युरोपियन च्याम्पियनसिप जितेका रामोस स्पेनका सबैभन्दा धेरै क्याप जित्ने खेलाडी समेत हुन् । रियलमा ट्रफीले भरिएको करियरमा पाँच ला लिगा उपाधि र चार च्याम्पियन्स लिग विजेता पदकहरू पनि समावेश छन् ।

रामोस सिजनको अन्त्यसँगै पिएसजी छाड्ने घोषणा गर्ने दोस्रो खेलाडी हुन् । यसअघि अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले क्लब छाड्ने कुरा बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्