मेयर कपको क्वार्टरफाइनलमा हेटौंडा–१



हेटौंडा । हेटौंडामा जारी तेस्रो वडास्तरीय मेयर कप फुटबल प्रतियोगितामा विजयी बन्दै हेटौंडा–१ क्वार्टरफाइनल प्रवेश गरेको छ ।

हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा भएको प्रतिस्पर्धात्मक पहिलो खेलमा हेटौंडा–५ लाई ४–२ गोलअन्तरले पराजित गर्दै हेटौंडा–१ ले क्वार्टरफाइनलमा स्थान बनाएको हो । पहिलो हाफमा २ गोलले अग्रता लिएको हेटौंडा–५ दोस्रो हाफमा कमजोर देखि“दा खेलबाट बाहिरिएको छ । हेटौंडा–१ ले चारै गोल दोस्रो हाफमा गरेको थियो । उत्कृष्ट खेल प्रदर्शन गर्ने हेटौंडा–१ का सुमन आलेमगर म्यान अफ दी म्याच घोषित भए । उनलाई हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानिया“ले ट्रफी हस्तान्तरण गरे ।

प्रतियोगिताअन्तर्गत् हेटौंडा–१२ र १४ बीचको खेल विवादका कारण स्थगित भएको छ । खेल सञ्चालन भएको १३ औं मिनेटसम्म ३ गोल खाएको हेटौंडा–१२ का खेलाडी तथा अफिसिएलले रेफ्रीको निर्णय गलत भएको भन्दै मैदान बाहिरिएपछि खेल स्थगित भएको थियो । उनीहरुले अफसाइड बललाई गोल दिएको भन्दै रेफ्रीको निर्णयविरुद्ध अडान कायम गरेपछि आयोजकले वडाअध्यक्ष, अफिसिएलस“गको छलफलपछि प्रतियोगिता सञ्चालन गर्ने भन्दै खेल स्थगित भएको जनाएका थिए ।

उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगिता विजेताले नगद २ लाख, उपविजेताले १ लाख ५० हजार, सान्त्वना २ टिमलाई ५०÷५० हजार, सर्वोत्कृष्ट खेलाडीले १५ हजार र उत्कृष्ट खेलाडीहरुलाई ५÷५ हजार रुपिया“ नगदसहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता जेठ २७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्