इन्डो नेपाल करातेमा नेपाल टिम च्याम्पियन



काठमाडौं । नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने ।

पुरुष र महिला एकल काता तथा कुमुतेतर्फ महिला÷पुरुष १०÷१० तौलसमूह गरी २२ स्वर्णका लागि भएको प्रतियोगितामा अधिकांश सफलता नेपाली खेलाडीले पाए । नेपालले २१ स्वर्ण जित्दा भारतका खेलाडीले एक स्वर्ण जिते ।

प्रतियोगिताको पहिला दिन ६ स्वर्णको छिनोफानो भएको थियो । अन्तिम दिन शनिबार बाँकी स्पर्धा सम्पन्न भए ।

महिला २० केजीमा नेपालकी आरती गुप्ता, २५ केजीमा सजिना तामाङ, ३० केजीमा सलिना लामा, ३५ केजीमा लक्ष्मी वाइबा, ४० केजीमा प्रेशा राई, ४५ केजीमा अनुरती कार्की र ५० केजीमा अपेक्षा मगरले स्वर्ण जिते ।

त्यस्तै ५५ केजीमा कृपा बिनानीले स्वर्ण जितिन् । ६० केजीमा दिनका राई र खुल्ला तौलसमूहमा लीन राईले स्वर्ण जितिन् । कातातर्फ अपेक्षा मगरले स्वर्ण जितिन् ।

पुरुषतर्फ २० केजीमा अरुण तामाङ, २५ केजीमा ड्यानियल तामाङ, ३० केजीमा आरोग्य पौडेल, ३५ केजीमा देवेन्द्र मगर, ४० केजीमा श्रीयांश शाहीले स्वर्ण जिते ।

त्यस्तै ४५ केजीमा नीमा तामाङ, ५० केजीमा पुजन राई, ५५ केजीमा प्रज्वलसिंह कार्की, ६० केजीमा दावा शेर्पा र खुल्ला तौलसमूहमा सुरेश तामाङले स्वर्ण जिते ।

प्रतिक्रिया दिनुहोस्