नुवाकोटे टाइगर हेभी वेट च्याम्पियन



काठमाडौं । नुवाकोटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि शनिबार जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित गरे ।

उपाधिसंगै टाइगरले १ लाख ५५ हजार नगद पुरस्कार पाए । एक साताको अवधिमा टाइगर हेभी वेट च्याम्पियन बनेको दोश्रो पटक हो । टाइगरले जेठ १३ गते सुर्खेतमा भएको रेस्लिङमा पनि उपाधि जितेका थिए ।

नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिता जोखिमपूर्ण मानिएको स्पर्धा हार्ड कोरमा साइनले चट्टानलाई हराउदै १ लाख २५ हजार नगद पुरस्कार जिते ।

टुप्पी ग्याङ र एक्स हिरो÷सीजे वल्र्डबीचको ट्याग टिम म्याचमा एक्स हिरो÷सीजे वल्र्डले बाजी मारे । एक्स हिरो÷सीजे वल्र्डले १ लाख नगद पुरस्कार प्राप्त गरे ।

लाइट वेट म्याचमा सुजल च्याम्पियन हुँदै ६५ हजार नगद पुरस्कार हात पारे । उनले कम्ब्याट कर्मालाई पाखा लगाए । महिलाको एक मात्र स्पर्धा लाइट वेट म्याचमा आकृतिले तनुलाई पन्छाइन् । आकृतिले ८० हजार नगद पुरस्कार हात पारिन् ।

प्रतिक्रिया दिनुहोस्