चर्च ब्वाइज इतिहास कोर्न नजिक



काठमाडौं । चर्च ब्वाइज युनाइटेड जारी शहिद स्मारक ए डिभिजन लिगमा इतिहास कोर्न नजिक पुगेको छ । शनिबार उपाधि होडको महत्वपूर्ण खेलमा चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० ले हराएको हो । योसँगै चर्च ब्वाइजले डेब्युमै लिग जित्ने अग्रसर भएको छ । तर, यो हारले जावलाखेल उपाधि होडबाट बाहिरिनृु परेको छ ।

यो नतिजापछि चर्च ब्वाइजको २४ खेलबाट ४४ अंक भएको छ भने जावलाखेलको यति नै खेलबाट ३७ अंक रहेको छ । जावलाखेलले अब बाँकी दुबै खेल जितेर चर्च ब्वाइजले दुबै खेल हारेपनि उपाधि जित्ने संभव भएन ।

उता चर्च ब्वाइजको लागि एक टोली मात्रै तगारोको रुपमा बाँकी रहेको छ । त्यो टोली अघिल्लो दुई संस्करणको विजेता मच्छिन्द्र फुटबल क्लब हो । मच्छिन्द्रले आज नेपाल पुलिस क्लबसँग खेल्दैछ । यो खेल जितेमा मच्छिन्द्र र चर्च ब्वाइजविच उपाधि होड यथावत रहनेछ । यदि हारेमा वा बराबरी खेलेमा चर्च ब्वाइजको लागि तीन अंक नै उपाधि जित्न पर्याप्त हुृनेछ । मच्छिन्द्रको ३९ अंक रहेको छ ।

चर्च ब्वाइजको लागि पहिलो गोल अन्जन विष्टले गरेका थिए । पहिलो हाफ सकिन लाग्दा अन्जनले गोल गरेका थिए । पेनाल्टी प्रहार जावलाखेलका गोलकीपरले बचाएपनि रिबाउन्ड हृुँदा अन्जनले पुनः प्रहार गरेर सुन्दर गोल गरेका थिए । दोस्रो हाफमा आशिष चौधरीले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यसको लगतै उनले अर्को गोल थपेका थिए ।

सातदोबाटोले आर्मीलाई पछि पा¥यो

सातदोबाटो युथ क्लबले हिजै भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित ग¥यो । सातदोबाटोको जितमा शिव सुवेदी र दिपकराज सिंह ठकुरीले गोल गरे । आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काए । यस जितसँगै सातदोबाटो २४ खेलबाट ३२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित आर्मी ३० अंक जोडेर नवौं स्थानमा छ ।
गोल हुँदा थ्रीस्टार जोगियो

थ्री स्टारले पाँच खेलपछि पहिलो गोल गर्न सफल हुँदा हारबाट जोगिएको छ । सुनिल तामाङले अन्तिमतिर गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । थ्री स्टारले विभागीय टोली नेपाल एपीएफ क्लबलाई १–१ गोलको बराबरीमा रोक्यो । खेलको २३औं मिनेटमा मणि कुमार लामाको गोलबाट एपिएफले १–० को अग्रता लिएको थियो । आर्मीविरुद्ध गोल गरेपछि थ्री स्टारले गोल गन सकेको थिएन ।

यस बराबरीसँगै थ्री स्टार २४ खेलबाट २८ अंक जोडेर ११औं स्थानमा छ । थ्री स्टार रेलिगेसन क्षेत्रमा रहेको टोलीभन्दा ३ अंकले मात्रै अघि छ । एपिएफ २४ खेलबाट ३० अंक जोडेर सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्