नि: शुल्क शिक्षाको माग गर्दै विद्यार्थीहरु रिले अनसनमा

0
Shares

नवलपरासी ।

नगरभित्र नि: शुल्क शिक्षाको माग गर्दै विद्यार्थीहरूले बिहीवार देखि रिले अनसन सुरू गरेकाछन् ।

नेपाल विद्यार्थी संघ कावासोती नगर समिति माध्यमिक तह सम्मको शिक्षा नि: शुल्क गर्न माग गर्दै स्थानीय निकायको गेटैमा रिले अनसनमा बसेको हो ।

कावासोती नगरपालिले आउदो आर्थिक वर्षको नीति तथा कार्यक्रमको बजेटमै माध्यमिक तह सम्मको शिक्षा नि: शुल्क हने सुनिश्चितताका लागि आन्दोलनका विभिन्न कार्यक्रम सहित नेवि संघले रिले अनसन सुरू गरेको हो ।

नेबि संघले आन्दोलनका कार्यक्रम अन्तरगत निशुल्क शिक्षाको माग गर्दै नगरपालिकामा ज्ञापनपत्र दिने,प्लेकार्ड सहित प्रदर्शन गर्ने, घेराउ, धर्ना दिने लगायतका दवाव मूलक अभियान गर्दै आएको नेबि संघ कावासोती नगर सभापति कुमार क्षेत्रीले बताउनुभयो । क्षेत्रीका अनुसार नगर भित्र नि: शुल्क शिक्षाका साथ साथै विद्यालयहरूमा अपांग मैत्री शौचालय, स्वच्छ र सफा खाजाघरको व्यवस्था गरिनु पर्ने नेवि संघले माग गरेको छ ।

हामीले संविधान प्रदत्त अधिकार माध्यमिक शिक्षा निशुल्क होस भनेर पालिका समक्ष माग गरेका हौं सुनवाइ भएको छैन । नगरपालिको समयमै ध्यानाकर्षण होस, विद्यार्थीलाई कठोर आन्दोलनमा जानू पर्ने स्थिति नबनोस सभापति क्षेत्रीको भनाई थियो ।