प्रधानमन्त्रीको भारत भ्रमण : आज महाकालको दर्शन, मन्दिर परिसरमा सर्वसाधारणलाई रोक

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणको क्रममा भारतमा छन् ।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री आज (शुक्रबार) बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् ।

नेपालका प्रधानमन्त्रीको अति विशिष्ट प्रोटोकलका कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।

आज बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो ।

सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।