अस्पतालको बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्नु : स्वास्थ्य मन्त्री

0
Shares

काठमाडाैं  । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालमा शय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

काठमाडौं महानगरपालिकाले विश्व धुम्रपानरहित दिवस २०८० को अवसरमा बुधबार आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त निर्देशन दिएका हुन् ।

अस्पतालमा आइसियु, इमर्जेन्सी वा सिसियु बेड के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न उनले निर्देशन दिएका हुन् । त्यस्तै, ओपिडी टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए।