स्थापनाको ६ वर्ष :  नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको ‘वाकाथन’ 

0
Shares

ललितपुर। 

हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले आफ्नो स्थापनाको ६ वर्ष पुरा गरेको अवसरमा वाकाथन पदयात्रा गरेको छ।
ललितपुरको लगनखेलबाट बाजागाजासहित सुरु भएको पैदलयात्रा पाटनको मंगलबजार, गावहाल, पुल्चोक हुँदै  जावलाखेलमा गएर समापन गरिएको थियो।

यात्रामा नेपाल क्यान्सर हस्पिटलका कर्मचारीहरु, संचालक समिति सदस्यहरु, नेपाल क्यान्सर सपोर्ट समूहका सदस्यहरु र हस्पिटलका शुभचिन्तकहरू सहभागी थिए।
“नेपालीको क्यान्सरको उपचार नेपालमा नै” भन्ने नाराका साथ  सात वर्ष अघि स्थापना भएको यस अस्पतालले क्यान्सरका बिरामीहरूलाई  अन्तर्राष्ट्रिय उपचारात्मक सेवा दिँदै  आएको छ।

नेपाल क्यान्सर अस्पताल क्यान्सरका सबै उपचारहरू एकै छानामुनी उपलब्ध गराउने नेपालकै पहिलो  क्यान्सरमुखी सेवाग्राही अस्पताल हो।