पुराना मुद्दा धमाधम टुङ्गिँदै, लक्ष्यको ९७ प्रतिशत फछ्र्याैट 

चारवर्ष पुरानो गुठीको मुद्दामा वादीको दाबी नपुग्ने ठहर

14
Shares

काभ्रे। 

जिल्ला अदालत काभ्रेपलाञ्चोकले चालु वर्षको १० महिनामा लक्ष्यको ९७ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ भने अदालतमा भएका मुद्दाहरुको ६० प्रतिशत फैसला गरेको छ । जिम्मेवारी सरेका १ हजार ५ सय ५५, नयाँ दर्ता १ हजार ६ सय ३२ मध्ये १ हजार ९ सय १२ वटा फछ्र्याैट भएका छन् ।

‘सर्वोच्च अदालतको रणनीतिक योजना तथा जिल्ला अदालतको आफ्नै योजना अनुसार चालु वर्षको १० महिना अथार्त वैशाख मसान्तसम्म ९७ प्रतिशत मुद्दा फैसला भएका छन्’–जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेले भन्नुभयो–‘नयाँ दर्ता भएका र जिम्मेवारी सरेका मध्येबाट ६० प्रतिशत मुद्दाको फैसला भएको छ ।’ जिल्ला अदालतको इतिहासमा यति धेरै मुद्दाको फछ्र्याेट भएको थोरै तथ्याङ्क छन् ।

३८ दिन कार्य अवधि बाँकी हुँदै मुद्दा फछ्र्याैटको लक्ष्य नजिक पुग्नुले अदालतको कार्य सम्पादन तथा नागरिकहरुले प्राप्त गरेको सेवामा सुधार भएको बुझ्न सकिने नागरिक समाजका प्रतिनिधिहरुले बताएका छन् । ‘मसिंरमा सम्पन्न निर्वाचनमा प्रमुख जिल्ला न्यायाधीश सँगै अन्य कर्मचारीहरु खटिनु भएको थियो । त्यसका कारण केही समय अदालतको काम प्रभावित भए पनि मुद्दाको अङ्ग पु¥याउने र फछ्र्याैट गर्ने गतिले सफलता प्राप्त गरेको छ’–श्रेस्तेदार घिमिरेले भन्नुभयो–‘दर्ता भएका मुद्दाहरुको अङ्ग पु¥याउन निरन्तर तोकिएको जिम्मेवारी पुरा गर्ने कर्मचारी, अनुसन्धानमा संलग्न प्रहरी तथा सरोकारवाला निकाय, न्याय क्षेत्र समन्वय समिति, सर्वोच्च अदालतको रणनीतिक योजना तथा जिल्ला अदालतको आफ्नै योजना कामवायी बन्न पुगे ।’

जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दाहरुको संख्या वैशाख मसान्तसम्म ७३ वटा मात्रै छन् । २०७९ चैत्र मसान्तसम्म ३ सय ६५ वटा मुद्दा थिए । २०८० जेठ १० गते एकै दिन गुठी संस्थान विरुद्ध २०७६ साल जेठ २६ गते दर्ता भएका २३ थान मुद्दाको फैसला भएको छ । बनेपाको चण्डेश्वरी गुठीमा रहेका गुठियारहरूले हक माग गर्दै दायर गरेको मुद्दा विभिन्न कारण फैसला हुन सकेको थिएन । प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासबाट २३ थान मुद्दामा एकमुष्ट फैसला भएको छ । फैसलाको पूर्ण पाठ आउन बाँकी रहे पनि गुठियारहरूले गरेको माग दाबी नपुग्ने ठहर सहितको फैसला भएको छ ।

 सोही मुद्दामा पुनः दर्ता गर्न खोजिएका १३ थान लगाउ मुद्दा दर्ता भएका थिएनन् । चार वर्ष पुराना मुद्दाहरु पनि धमाधम फैसला हुन थालेकाले अदालत प्रतिको विश्वास र आस्थालाई थप मजबुत बनाउने कानुन ब्यवसायीहरुले बताएका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराई, न्यायाधीश राजेन्द्र नेपाल र रिताकुमारी बख्रेलको निरन्तरको सक्रियता मुद्दा फछ्र्याैटको अर्को आधार बनेको श्रेस्तेदार घिमिरेले बताउनु भयो । चालु वर्षको मसान्त भित्र लक्ष्य भन्दा धेरै मुद्दा फछ्र्याैट गर्ने र फछ्र्याैट भएका मुद्दाहरुको तहसिल शाखाबाट कार्यान्वयन गरिने श्रेस्तेदार उप सचिव घिमिरेले बताउनु भयो । तहसिल शाखा अधिकृत शेषराज दाहालका अनुसार मुद्दाको फैसलासँगै कार्यान्वयनमा उल्लेख्य प्रगति भएको छ ।

सोधपुछ कक्षले सेवामा सहज

जिल्ला अदालत काभ्रेपलाञ्चोकले सोेधपुक्ष कक्षलाई व्यवस्थित बनाएको छ । अदालत प्रवेश गरेको सेवाग्राहीले कुन कक्षबाट कुन सेवा प्राप्त हुन्छ ? वा कुन फाँटमा सेवा लिन जाँदा कस्तो ढाँचाको निवेदन आवश्यक पर्छ भन्ने विषयमा जानकारी प्राप्त गर्नेछ । ७३ प्रकारका निवेदनका ढाँचालाई व्यक्ति स्वंयले जानेको छ भने अदालतको सोधपुछ कक्षबाट जानकारी लिएर सम्बन्धित फाँटमा पुगेर सेवा लिन्छ भने जसले त्यो विषयमा जानकारी राख्दैन त्यही विषयमा सोधपुछ कक्षबाट निःशुल्क रुपमा निवेदनको ढाँचा उपलब्ध गराउने व्यवस्था गरिएको सूचना अधिकारी अधिकृत अप्सरा चापागाईँले जानकारी दिनु भयो ।

अदालतले सोधपुछ कक्ष सहित नियमित कर्मचारी र आवश्यक पर्ने कम्प्युटर, प्रिन्टर र फोटोकपी मेशिन र इन्टरनेट उपलब्ध गराएको छ । यसले नागरिकहरु सेवाका लागि अदालत पुग्दा अल्मलिने वा निवेदनकै लागि हुने अनावश्यक खर्च र झन्झटबाट मुक्त भएका छन् ।