मलेसियासँग नेपाल ५ विकेटले पराजित

0
Shares

काठमाडौं ।

पहिलो टी–२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ ।

मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनायो ।