जात व्यवस्था उन्मुख मोर्चाको दोस्रो राष्ट्रिय भेला सम्पन्न, मोर्चामा नयाँ नेतृत्व गठन

0
Shares

काठमाडाैं ।

जात व्यवस्था उन्मुख मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । चितवनमा सम्पन्न सम्मेलनले ५१ सदस्यीय केन्द्रीय कमिटी र ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलबाट ६/६ महिनामा परिवर्तन हुने नयाँ चक्रीय प्रणालीमा नेतृत्व गर्ने गरी पहिलो ६ महिनाका लागि डोलराज विश्वकर्मालाई चयन गरेको छ ।

मोर्चाको अध्यक्ष मण्डलमा विश्वकर्मासहित दिपनारायण दास, शान्ति गजमेर, प्रेम गैरे र रवि नेपाली चयन भएका छन् । मोर्चाको महासचिवमा रुपा सुनार, सचिवमा निर्जन विश्वकर्मा र कोषाध्यक्षमा अस्मिता वादी चयन भएका छन् ।

भेलाले ४० प्रतिशत महिला र १० प्रतिशत गैरदलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय कमिटी गठन गरेको छ । केन्द्रीय कमिटीको सदस्यहरूमा जसिन्द्र श्रीपाली, ईश्वरा शिवा, बुद्धि पासवान, पुजन हिङमाङ, गणेश दर्जी, मञ्जु पासवान, अस्मिता परियार, बुद्धिमाया विक, सञ्जय महरा, रिंकुकुमार रायभर, कर्णबहादुर विक, प्रकाश विसी, जितुमान घताने, लक्ष्मी विक, तारा सुनाम, प्रमिता परियार, मिलन बस्यल, श्रीशा शाही, अर्जुन विक, अनुपमा करारा, यमन विश्वकर्मा, एसबी श्रीपाली, टपेन्द्र नेपाली, शोभा कैनी, मंगल बाजुरेली, दिनेश सार्की, दिपेश नेपाली र हिक्मत विक छन् ।

त्यस्तै, कर्ण कार्कीढोली, सुधिर गहतराज, जीवन विक, विकास साशंकर, शंकर महरा, सिता बराईली, बसन्त विक, ज्ञानेन्द्र विक र मनकुमार लकान्द्री पनि सदस्यमा चयन रहेका छन् ।

वैज्ञानिक समाजवादी पार्टी निकट जनवर्गीय संगठनका रुपमा रहेको जात व्यवस्था उन्मुख मोर्चा नेपालको भेलालाई उक्त पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतीले सम्बोधन गरेका थिए ।  जात व्यवस्था विरुद्धको आन्दोलनलाई अनिवार्य रूपमा उत्पादन संग जोड्ने, अन्तरदलित भेदभाव अन्त्यको निम्ति नयाँ संगठनात्मक निति लागु गर्ने, जात व्यवस्था सँग सम्बन्धित सम्पुर्ण घटनाको न्यायको निम्ति संघर्ष गर्ने प्रतिबद्धता सहित भेला सम्पन्न गरेको जानकारी प्राप्त भएको छ । जात व्यवस्था उन्मुलन मोर्चा नेपालले विगत लामो समयदेखि दलित हक अधिकारका लागि संघर्ष गर्दै आएको थियो ।

गत जेष्ठ १० देखि १२ सम्म चितवनमा भएको भेलामा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका थिए । साथै नागरिक समाजका ब्यक्तित्वहरु, जनवादी कलाकारसहितको उपस्थिति रहेको थियो ।