नयाँ हतियार किन्ने कुनै योजना छैन : प्रधानसेनापति शर्मा

सेनालाई बदनाम गराउने गिरोह सक्रिय

14
Shares

पाँचखाल, काभ्रे ।

प्रधानसेनापति प्रभुराम शर्माले चीनबाट हतियार गरिद गर्ने कुनै योजना नरहेको बताउनु भएको छ । नेपाली सेनाले २०४५ सालमा चीनबाट हतियार खरिद गरेपछि नयाँ हतियार खरिद प्रक्रिया अहिलेसम्म अघि बनढेको बताउनु भएको छ ।

केही समय यता नेपाली सेनाले चीनबाट हतियार खरिद गर्न ६ अर्ब रुपिया बिनियोजन गरी हतियार खरिद प्रक्रिया अघि बढाएको भन्ने समाचारप्रति असहमति जनाउदै प्रधानसेनापति शर्माले भन्नुभयो– राष्ट्र संघको मिसनमा खटिने शान्ति सैनिककालागि हतियार खरिद प्रक्रिया अगाडि बढाएको भन्ने समाचारमा सोह्रै आना गलत कुरा हो ।

बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजित अन्तराष्ट्रिय शान्ति सेना दिवसका अवसरमा आयोजित कार्यक्रम पछि संचारकर्मीसंग कुरा गर्दै प्रधानसेनापति शर्माले कस्को चाहानामा यस्ता समाचारहरु आइरहेका छन् मैले बुझ्न सकेको छैन भन्दै पूर्व प्रधानमन्त्री र पूर्व रक्षा सचिवलाई जोडेर आएका समाचारमा सत्यता नभएको बताउनुभयो ।

नेपाली सेनासंग प्रयाप्त हतियार छ सेनासंग हतियार छैन भनेर सेनाको मनोवलमा तलमाथि गर्ने प्रयास भएको भन्दै उहांले हामीले कुनैपनि घातक हतियार चीनबाट खरिद गर्ने योजना बनाएका पनि छैनौ कस्को योजनामा यस्ता समाचार प्रवाह भएका हुन हामी गम्भिर भएका छौ भन्नुभयो ।

सरकारको वर्तमान वा पूर्व नेतृत्वले चीनबाट हतियार गरिद गर्न कुनै निर्देशन नदिएको बताउनुहुदै प्रधानसेनापति शर्माले हतियारको आपुर्ति गर्नेहरुबाट फैलाइएको अफवाहमात्र भएको र निष्पक्ष छविलाई धमिल्याउने प्रयास भएको बताउनुभयो ।

सेनाले बिभिन्न मुलुकमा शान्तिकालागि खटिएका शान्ति सेनाले प्रयोग गर्दै आएको सैन्यसामग्रीका लागि स्पेयर पार्टपुर्जा बाहेक अन्य कुनै पनि सामग्री खरिद गर्ने योजना नरहेको र शान्तिकालागि खटिएका नेपाली सेनाले प्रयोग गरेका सैन्य सामग्रीका पाटपुर्जा खरिदकालागि चीनको बजार सर्वे मात्रै गरेका हौं त्यसैलाई मसला बनाएर समाचार आउनु पक्कैपनि मुलुकको हितमा नभएको उहांले बताउनुभयो ।

नयाँ सैन्य सामग्री खरिद गर्नु परे जी टु जी प्रकृया मार्फत खरिद गर्ने हो सेनाको एकल निर्णयले हतियार खरिद हुदैन । कुनै देशको हतियार विकाउने उदेश्यले पनि यस्ता समाचार आएको हुनसक्ने बताउदै प्रधानसेनापति शर्माले भन्नुभयो–हामीलाई आवश्यक पर्यो भने हतियार खरिद गर्दै नगर्ने होईन खरिद गछौं ।
अहिले संचारमाध्यममा यस्ता सम्मका समाचार आएकी नेपाली सेनाले हतियार खरिद गर्नकालागि हिमालयन बैकबाट एसली खोल्न खोज्दा बैकले रोक्यो भन्ने सम्मका समाचार आए हामीले सो बैकमा पैसा राखेका छौं बैकलाई हामीले आग्रह ग¥यौं भने र्बैकले एलसी नखोलीदेला त ? उहांले प्रश्न गर्दै भन्नुभयो– अहिले बजारमा कस्को इन्ट्रेसमा यस्ता समाचार आएका छन् ।

नेपाली सेना कसैको दवावमा आएर हतियार खरिद गर्दैन । कसैले धमिलो पानीमा माछा मार्न खोजेको भए त्यो अर्को मिथ्या मात्रै हुने छ भन्दै प्रधानसेनापति शर्माले यस्ता गलत समाचारको पछि नलाग्न पनि आम जनतालाई आग्रह गर्नु भएको छ ।

केही समय यता हतियार माफियाहरुले नेपाली सेनालाई विवादमा ल्याउन बिभिन्न संचारमाध्यमको प्रयोग गरी नेपाली सेनाले नयां हतियार किन्न लागेको भन्दै संचारमाध्यमकै बद्नाम गराउन उद्त रहेका छन् ।