भुटानी शरणार्थी प्रकरणमा नाम आएका घरको होस् कि बार्दलीको होस् सबैमाथि छानबिन हुनुपर्छ : थापा

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न जोसुकै भएपनि कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले शरणार्थी प्रकरणमा नाम आएका घरको भएपनि बार्दलीको भएपनि छानबिनमा दोषी देखिएका सबैमाथि छानबिन हुनुपर्छ बताएका हुन्।

नक्कली शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा चलिरहेको सांसद थापाको भनाइ थियो ।

‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएकोजस्तो भएको छ। को-को परेको हो, को-को नपरेको हो सुन्दासुन्दै। हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर यसमा सरकारको परीक्षा हेर्नुछ। ‘चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन,’ उनले भने, ‘अनुसन्धान कहीँ न कहीँ लप्पकाएको छ भन्ने भयो भने विकल्पहरूबारे खोजी हुन्छ र प्रश्न उठ्छ।’