सन्दीपा लेभल टु प्रशिक्षक



काठमाडौं । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षक समेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन् २००८ देखि तेक्वान्दोमा समर्पित रहँदै आएकी सन्दीपाले यसअघि गत अगष्टमा ‘लेभल वानको चेज’कोर्स उत्तीर्ण गरेकी थिइन् ।

सन्दीपाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छन् । सन् २०१६ मा अमेरिकाको पोर्टल्यान्डमा भएको आईएफओटीसी च्याम्पियनसिपमा स्वर्ण जितेकी उनले सन् २०१८ मा स्पेनको बार्सिलोनामा भएको २० औं जोर्डन ओपनमा तेस्रो स्थान हासिल गरेकी थिइन् ।

यस्तै सन् २०२१ मा मलेसियामा भएको डीजी एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी उनले गत अगस्टमा मलेसियामै आयोजना भएको सराबाकबोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा रजत जितेकी थिइन् । यस्तै गत अक्टोबर २१ मा भएको दोस्रो टोरोन्टो ओपन अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा उनले स्वर्ण जितिन् । उनले श्रीचन्द्र कार्कीसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा स्वर्ण जितेकी थिइन् ।

उनले केही अन्तर्राष्ट्रिय प्रतियोगितामा भने अफिसियल रेफ्री जज र टेक्निकलको भूमिका निर्वाह गरेकी छन् । सन् २०२२ को जुलाईमा अमेरिकामा भएको भर्जिनिया कपमाअफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेकी थिइन् । उनले गत सेप्टेम्बर २३ देखि २५ सम्म पोखरामा भएको तेस्रो माउन्ट एभरेस्ट जी–टु तेक्वान्दो च्याम्पियनसिपमा टेक्निकल टिमको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्