उपाधि भारतका इन्द्रजीतलाई



दोलखा । चरिकोटमा आयोजना भएको अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगीतामा भारतका युवा खेलाडी इन्द्रजीत महिन्द्रकारले उपाधि जितेका छन् ।

८.५ अङ्क सहित प्रथम भएका महिन्द्रकारले नगद एकलाख पनि हासिल गरे । त्यसैगरी प्रतियोगीतामा दोस्रो भारतकै वेदान्त नगरकाट्य र तेस्रो मोहित कुमार सोनी भए । ७.५ अङ्कसहित उपविजेता बनेका नगरकाट्यले ६० हजार नगद तथा ७ अङ्कसहित तेस्रो भएका सोनीेले नगद ४० हजार प्राप्त गरेका थिए ।

प्रतियोगीतामा १२ बर्ष मुनिको प्रतिश्प्रर्धामा पनि भारतकै ६ बर्षिया बालिका अनुपरिया यादव विजेता बनिन् । उनले ४ अङ्क प्राप्त गर्दै उपाधि जितेकी हुन् । नेपाल च्याम्पियन रुपेश जैसवाल ६.५ अङ्क सहित दशौ भए भने ६ अङ्क सहित नेपालका खेलाडी नविन तण्डुकार बेष्ट भेटरान बनेका थिए ।

त्यसैगरी महिलातर्फ ६ हङ्क सहित श्रीलङ्काको खेलाडी एसडी रनसिङ्गे प्रथम भएकी छन् । स्व. नेता भीमबहादुर तमाङको स्मृतिमा आयोजित प्रतियोगीतामा नेपाल, भारत, श्रीलङ्का, अमेरीका र फ्रान्सका एक सय ५६ जना खेलाडीको सहभागिता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्