चट्याङ लागेर चार जना घाइते

0
Shares

अछाम ।

अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । अछामको कमलबजार नगरपालिका–१ मा गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङ लागे ४ जना घाइते भएका हुन् ।

घाइते हुनेमा कमलबजार नगरपालिका–१ का १८ वर्षीया गिताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेका छन् । घाइते मध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले बताए ।

अन्य घाइते तीन जनाको अछाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ । यस्तै चट्याङ लागेर एक भैसी पनि मरेको छ । केही घरमा पनि क्षति पुगेको बताइएको छ ।