रुखबाट लडेर महिलाको मृत्यु

0
Shares

सिन्धुली । 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सोमवार दिउँसो रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ६ चिसापानीका अन्दाजी ५० बर्षिया शान्तिमाया माझी रुखबाट लड्दा मृत्यु भएको हो ।

घरबाट करिब दुई सय मिटर दक्षिण तर्फ बारीमा रहेको स्वामीको रुखमा चढेर स्याउँला झार्नेक्रममा रुखबाट लड्दा माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राज कुमार सिलवालले जानकारी दिनुभयो ।

राती ९ बजे स्थानीयले टेलिफोन गरेर घटनाको जानकारी गराएपछि प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको टोलीले शव घरमा ल्याएको प्रहरीले जनाएको छ ।