बर्दियामा सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ

0
Shares

बर्दिया  । 

एक किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियाबाट दुई युवकलाई पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका-६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियारलाई पक्राउ गरेको हो ।

उनीहरूले किशोरी घरमा बसिरहेको अवस्थामा आइतबार घुम्न जाने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेर ठाकुरबाबा नगरपालिका-७ स्थित सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका प्रहरीले जनाएको छ ।

आरोपी दुवैजनालाई इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूकै गाउँबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । आरोपी दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराको भनाइ छ ।