मुकेश र राजपुरा विजयी



काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् ।

‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन जित्न मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्ड निकाले । उनी पहिलोपल्ट विजेता बनेका हुन् । आर्मीकै राजन रोकाय दोस्रो भए । उनले १ घन्टा ७ मिनेट ५५ सेकेन्ड लगाए । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुन तेस्रो भए । उनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेका थिए ।

महिलातर्फ राजपुराले उपाधि रक्षा गरिन् । गत वर्षकी विजेता पुलिसकी राजपुरा १ घन्टा १९ मिनेट १६ सेकेन्डबाट विजेता भएकी हुन् । उनले गत वर्ष १ घन्टा १९ मिनेट ६ सेकेन्ड लगाएकी थिइन् । पुलिसकै राममाया बुढा दोस्रो भइन् । उनले १ घन्टा २३ मिनेट ०७ सेकेन्ड लगाइन् । एपीएफकी पुष्पा भण्डारी १ घन्टा २४ मिनेट ३१ सेकेन्डबाट तेस्रो भइन् । पुरुष र महिला दुवैका शीर्ष तीन हुनेले क्रमशः जनही १ लाख,े ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्