चरिकोटमा अन्तराष्ट्रिय बुद्धिचाल सुरु



दोलखा । दोलखा सदरमुकाम चरिकोटमा शुक्रबारबाट छैठौ अन्तराष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगीता सुरु भएको छ । दोलखा चेस होमले आयोजना गरेको प्रतियोगीताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्व सांसद जीपछिरीङ शेर्पाले गर्नु भएको थियो । आदर्श पुरुष, स्वच्छ छविका नेता एवम् पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा आयोजना गरिएको अन्तराष्ट्रिय प्रतियोगीतामा नेपाल, भारत, श्रीलङ्का, अमेरीका र फ्रान्सका एक सय ५६ जना खेलाडिको सहभागिता रहेका छन् ।

प्रतियोगीता उद्घाटनको अवसरमा बुद्धिचाल (चेस) का नेपाल च्याम्पियन रुपेश जैसवाल र सुजना लोहनी, पत्रकार चिरञ्जीवी मास्के, मेलुङ गाँउपालिकाका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हिरा थोकर, जिल्ला भलिवल संघका अध्यक्ष रोहीत खड्का र पौराणीक बाजाका संरक्षक पूर्णनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतियोगिताको दोस्रो दिन दोस्रो र तेस्रो चरणको खेल सम्पन्न हुँदा भारतीय खेलाडीहरुको वर्चस्व रहेको छ । भारतका धनविर सिंयादव, ईन्द्रजीत महिन्द्राकार, कृष्ण कमार, मोहित कुमार सोनी , प्रियान्सु बरौरा, अंकित नारायण विस्वास, अनुभव गप्ता, राहुल सोराम सिंहले ३ अंक जोडेका छन् ।

त्यसैगरि नेपालका राजन पुरी, पुर्व नेपाल च्याम्पियन नवीन तण्डकार, सुशुरत दाहाल , श्री कृष्ण श्रेष्ठ , पुरुषोत्तम सिलवालले पनि ३ अंक नै रहेको छ। श्रीलंकाका वोमेन आइएम सचिन रणेसिंघे नेपालका पुर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं, आशिष् फुयाल, भारतका कुमार गौरव, अनुष्का गुप्ताले साढे २ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन् ।

नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालको २ अंक रहेकोछ । उनी तेस्रो चरणको खेलमा भारतका मोहितकुमार सोनीसंग पराजित भएका थिए । पुर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, सरोज महर्जन, राजन सुवेदीले पनि २ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्