जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ



भक्तपुर।

सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्ल्ब बस्ने ३६ वर्षीय काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाख्रीनसमेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी चाँगुनारायण नगरपालिका-६ नगरकोट फेदीस्थित सोही नगरपालिका-२ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालको अनुग्रह गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सुवालसमेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्