बलात्कार आरोपपछि फरार युवक काभ्रेबाट पक्राउ



बारा ।

प्रहरीले ६ महिना अघिको बलात्कार घटनामा संलग्न एक युवालाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरी ल्याएको छ ।

एक १३ वर्षिया बालिकालाई बलात्कार गरी गत कात्तिकदेखि फरार रहेका युवालाई काभ्रेबाट पक्राउ गरी ल्याईएको हो ।

यसरी पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका–३ घटनियाका २५ वर्षीय बिशोरी बैठा रहेको बारा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार बलात्कारको घटना लगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी रहेको जानकारी पाए पछि सोही स्थानमा गएर पक्राउ गरेर ल्याईएको हो ।

गत कात्तिक १६ गते बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाउँकै १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सो घटना पछि फरार रहदैँ आएका बैठा पक्राउ परेका हुन । सो घटनामा संलग्न अर्का एकजना भने अझै फरार रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्