विश्वकप २०२६ को लोगो सार्वजनिक



ज्यूरिच, (एजेन्सी) । फिफा विश्वकप फुटबल २०२६ को लोगो सार्वजनिक गरिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियान्नी इन्फान्टिनोले बिहीबार एक समारोहकाबीच विश्वकप फुटबल २०२६ को लोगो अनावरण गरेका हुन् । फिफा विश्वकप २०२६ को लोगो सरल डिजाइनको रहेको छ । सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ ।

यसै कार्यक्रमकाबिच तीन वर्षपछि हुने विश्वकपको फाइनल खेलको मिति समेत घोषणा गरिएको छ । फाइनल खेल सन् २०२६ को १९ जुलाईमा हुनेछ । विश्वकपमा छनोट भएका सबै टिमहरुले आफ्नो टिम घोषणा गर्ने अन्तिम मिति २५ मे २०२६ सम्मका लागि तोकिएको छ । आगामी संस्करणको विश्वकपमा पहिलोपल्ट ४८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, विश्वकपको १६ खेलस्थल पनि सार्वजनिक भएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोले यो प्रतिष्ठित एक महिने प्रतियोगिताको आयोजना गर्नेछन् । विश्वकपका खेलहरु क्यानाडाका दुई, मेक्सिकोका तीन र अमेरिकाका ११ वटा रंगशालामा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्