तामाकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने युवकको जीवितै उद्धार

0
Shares

रामेछाप।

जिल्लाको मन्थली नगरपालिका १ आकाशे स्थित तामाकोशी नदीको पक्की पुलबाट हामफाली आत्महत्या प्रयास गर्ने एक जनालाई बिहीबार  सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

  सोही नगरपालिका ७ वडारे बस्ने २५ वर्षीय  हर्कमान माझी  नदिमा पुलबाट हाम फालेको देख्नासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट प्रहरी नायव निरीक्षक केदार राज खड्काको कमान्डको टोलीले नदीबाट बाहिर निकाली निजलाई जीवितै उद्धार गरेको हो ।

        उनलाई उपचारको लागि मन्थली अस्पतालमा पठाइएको छ सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।