जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-२ घर भएका २५ वर्षीय राम बहादुर सिजाली समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ५ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।