भ्रष्टाचार आरोपीलाई अमेरिकामा बहिस्कार

0
Shares

न्यूयोर्क । नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई अमेरिकामा सार्वजनिक रुपमा बहिस्कार गरिने भएको छ ।

प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरि यस्तो अभियानको घोषणा गरेको हो । मञ्चले नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अव नागरिक तहबाट पनि यस्ता भ्रष्टाचारीहरुलाई बहिस्कार गरिनुपर्ने बताएको हो ।

नक्कली शरणार्थी भ्रष्टाचार काण्डले देशको साख गरिनेको भन्दै मञ्चले यसको निष्पक्ष छानविन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष शंकर पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, अहिले नेपालमा उदांगिएको नक्कली भुटानि शरणार्थी प्रकरणले भ्रस्टाचार अर्थात आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको स्वाभिमान र शीर समेत निहुर्याएको छ । निश्चय पनि संस्थागत भ्रष्टचारलाई अन्त्य गर्न धेरै चुनौतीहरुको सामना गर्नु पर्छ । तर पनि यो सरकार र खासमा गृहमन्त्रीले लिनुभएको शुरुवाती पहल प्रति हामी सम्मान ब्यक्त गर्दछौं ।

मञ्चले भ्रष्टाचारको आरोप लागेका जो कसैलाई पनि स्वागत नगर्ने एवं त्यस्ता व्यक्ति सहभागि कार्यक्रम बहिकाष्कार गर्ने अभियानमा साथ दिन अमेरिकामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गरेको छ । त्यस्तै यो अभियानमा ऐक्यवद्धता जनकाउने क्रम जारी रहेको भन्दै छिट्टै यसले मुर्तरुप लिने पनि मञ्चले विश्वास गरेको जनाएको छ ।