अनियन्त्रित कारले भीडलाई ठक्कर दिँदा ६ जनाको मृत्यु, ६ घाइते

0
Shares

लुआण्डा।

अङ्गोलाको राजधानी लुआण्डामा आइतबार बिहान सबेरै अनियन्त्रित कारले भीडलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार तीव्र गतिमा रहेको कार चालकले गाडीमाथि नियन्त्रण गुमाएपछि लुआण्डाको तालाटोना नगरपालिकाको कमामा क्षेत्र नजिकै उभिरहेका १२ जना पैदलयात्रीमा ठोक्किएर पल्टिँदा सो दुर्घटना भएको हो ।

राष्ट्रिय प्रहरी प्रवक्ता नेस्टर गोवेलले बताएअनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात घाइतेलाई उपचारका लागि लुआण्डा जनरल अस्पताल लगिएको छ । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि घटनास्थलबाट भागेका टोयोटा हिलिक्सका चालकको खोजी भइरहेको छ । -एजेन्सी