चोरीको मोटरसाइकलसहित बुटवलबाट एक जना पक्राउ

0
Shares

बुटवल।

रुपन्देही प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले रूपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने २५ वर्षीय सुशील थापालाई पक्राउ गरेको हो ।

उनीसँगै प्रहरीले चोरीको लु३४प ३४८८ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । मोटरसाइकलसहित आइतबार फेला परेका थापामाथि चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वैशाख २० गते बुटवल उपमहानगरपालिका ९ स्थित फ्युरियल कन्स्ट्रक्सन अगाडि पार्किङ गरिराखेको विराज शर्माको उक्त मोटरसाइकल बरामद गरिएको थियो ।