टोपबहादुर रायमाझी पक्राउ परेको सदनलाई जानकारी

0
Shares

काठमाडौँ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौँ बुढानिलकण्ठबाट सांसद रायमाझी पक्राउ परेको जानकारी गराए ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका सांसद रायमाझी पक्राउ परेको विषयमा नेपाल प्रहरीले आजै सभामुखलाई जानकारी गराएको थियो । प्रहरीको पत्र लगत्तै सभामुख घिमिरेले सांसद रायमाझी पक्राउका बारेमा सदनलाई जानकारी गराएका हुन्। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।