इमरान खान पक्राउ प्रकरणले शिक्षामा प्रत्यक्ष प्रभाव, पाकिस्तानका सबै शैक्षिक संस्था बन्द

0
Shares

इस्लामवाद । पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउ परेपश्चात् भडकिएको हिंसा कारण पाकिस्तानमा सरकारी तथा नीजि शैक्षिक संस्था बन्द भएका छन् ।

मंगलबार इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सेनाले उनलाई पक्राउ गरेपछि उनका समर्थक देशैभरी विरोधस्वरुप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

यसैगरी, मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपियाँभन्दा बढीको घोटला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।

आइतबारको एक र्यालीमा इमरानले खुफिया एजेन्सी आईएसआईको राजनीतिक शाखाका प्रमुख फैसल नसीरमाथि निकै गम्भीर आरोप लगाए । खानले भनेका थिए– फैसल मलाई मार्न चाहन्छ । यसमा कतिपय अधिकारीहरुले उनलाई सहयोग गरिरहेका छन् ।

यसपछि मंगलबार लाहोरबाट इस्लामाबाद प्रस्थान गर्नुअघि इमरानले भने– ‘सेनाले कान खोलेर सुन्नु पर्छ, म डराएको छैन ।’ उनले यसो भनेको करिब ४ घण्टापछि इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सिसा फुटाएर उनलाई पक्राउ गरिएको हो । सेनालाई चुनौती दिएपछि मात्रै खानको गिरफ्तारी भएको मानिन्छ ।