अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहारमा दोषी ठहर

0
Shares

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुव्र्यवहारमा दोषी ठहर भएका छन् ।

ट्रम्पलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै पीडितलाई ५० लाख डलर क्षतिपूर्ती दिनुपर्ने फैसला सुनाएको हो ।

एक म्यागेजिनकी लेखिका ई.जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् ।

सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ । ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन ।

यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ ।