पेरुकाे सुनखानीमा आगलागी हुँदा २७ जनाकाे मृत्यु

0
Shares

पेरु । पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना मृत्यु भएको छ । पेरूको दक्षिणी क्षेत्रमा अबस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुदाँ २७ कामदारको मृत्यु भएको हो ।

प्रहरी अधिकारीका अनुसार एरिक्विपा क्षेत्रमा अवस्थित ला एस्पेरान्जा खानी भित्रको सुरुङमा बिधुतीय सर्ट हुदाँ आगलागी सुरु भएको थियो ।

सो दुर्घटना हेरेका सरकारी अधिकारी जियोभान्नी माटोसका अनुसार खानी भित्र थुनिएका सबै २७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा एक्कासी विस्फोट आवाज सुनिएको थियो । र, वरपर त्रासको बातावरण देखा परेको थियो ।

प्रहरीले भने खानीमा भएको आगलागी परी मृत्यु भएकाको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर सार्वजनिक गरेको हो ।