चार्ल्स तृतीयाको राज्यभिषेकमै राजतन्त्रको विरोधमा भव्य प्रदर्शन, ५० जना प्रदर्शनकारी पक्राउ

0
Shares

लन्डन । बेलायतमा राजतन्त्र विरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी पक्राउ परेका छन् ।

शनिबार राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बखतमा उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार बेलायती राजतन्त्रको विरूद्धमा प्रदर्शन गर्ने बिरोधी समूहका नेतासहित ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।

उनीहरुले राज्यभिषेक समारोह चलिरहेको बखतमा मध्यलण्डनको ट्राफलगर स्कवायर लगायतकाका स्थानमा बेलायती राजसंस्थाविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

राजतन्त्र विरोधी अभियानका विरोधी नेता ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ पर्नुअघि प्रदर्शनकारीहरुले ‘नट माई किङ’ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले टिसर्टमा राजतन्त्र विरोधी नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सो प्रदर्शन त्यही बेला गरिरहेका थिए । जुन बेला राजा चाल्र्स तृतियाको लन्डनमा भब्य राज्यभिषेक समारोह चलिरहेको थियो ।

यसरी पक्राउ परेका माथि सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।