थप १३ कम्पनीलाई स्टक ब्रोकर लाइसेन्सको एलओआई(सूचीसहित)



काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई स्टक ब्रोकर लाइसेन्सको आशयपत्र ( एलओआई) प्रदान गरेको छ ।
यसअघि गत सोमबार पनि बोर्डले १६ वटा नयाँ कम्पनीलाई स्टक ब्रोकर लाइसेन्सको एलओआई दिएको थियो ।
सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्स र ब्रोकर लाइसेन्स प्रदान गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खोलिदिएपछि नेपाल धितोपत्र बोर्डले एलओई दिन शुरु गरेको छ । गत असोजमा आवेदन दिएका ४५ वटा कम्पनीमध्ये २९ वटा कपनीलाई आशय पत्र दिने निर्णय गरेको हो । अन्य कम्पनीको आवेदनमाथि पनि अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

हाल आशयपत्र पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबी सेक्यूरिटिज,आरबीबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज रहेका छन् ।

यस्तै, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकारभैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसए सेक्युरिटिजले पनि आशयपत्र पाएका छन् ।

नबिल सेक्युरिटिजले धितोपत्र व्यापारीको काम गर्ने र मेघा स्टक मार्केटले पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि अनुमति मागेकोमा उक्त कार्यका लागि आशयपत्र पाएको हो । अन्यले भने सीमित कार्य गर्ने दलालका रूपमा काम गर्नेछन् ।धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ अनुसार आशयपत्र पाएका कम्पनीहरूले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्ने छ । बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्ने छ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्नेछ ।

बोर्डले ब्रोकर छनोट गर्न मुख्य ५ वटा मापदण्ड तय गरेको थियो  । जसमा पँुजी, अनुमति प्रदानसम्बन्धी दस्तुर, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता र सूचना प्रविधि छन्  । ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली (पा“चौं संशोधन) २०७९’ मार्फत नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ब्रोकर छान्ने अधिकार संशोधन गरी बोर्डमा दिइएको छ । स्टक ब्रोकरको लागि न्यूनतम चुक्तापुँजी २० करोड रुपियाँदेखि अधिकतम् १५० करोड रुपियाँसम्म रहेको छ । तीन प्रकारका ब्रोकर हुनेछ । शेयर कारोबार मात्र गर्ने स्टक ब्रोकर कम्पनी खोल्न २० करोड रुपियाँ चुक्ता पुँजी हुनुपर्नेछ । त्यस्तै मार्जिन लेन्डिङ, एड्भाइजरी सेवासमेत दिने ब्रोकर कम्पनी खोल्न ६० करोड रुपिया“ र आफ्नै नाममा शेयर खरिद बिक्री गर्न मिल्ने एवम् स्टक डिलरको समेत कार्य गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न भने १ अर्ब ५० करोड रुपिया“ चुक्ता पु“जी चाहिने व्यवस्था गरेको छ ।

अहिले ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् । हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीले पनि वि.सं. २०८२ असार मसान्तसम्म तोकिए बमोजिमको चुक्ता पुँजी पु¥याउनुपर्ने भएको छ ।

यसैबीच बोर्डले कमोडिटी एक्सचेन्जको आवेदन मूल्यांकन गर्न पनि समिति गठन गरेको छ।बैठकले कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा गौतमबाहेक अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री, बोर्डका नियमन विभागका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, धितोपत्र दलाल व्यापारी महाशाखाकी उपकार्यकारी निर्देशक दीपा दाहाल सदस्य छन् ।

नयाँ एलओआई पाउने कम्पनी

प्रतिक्रिया दिनुहोस्