ललितकलाको प्राज्ञसभा

0
Shares

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औं प्राज्ञसभा सम्पन्न भएको छ।

सभाको शुभारम्भ गर्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले मान्छेबाट मान्छेमा सर्ने रैथाने ज्ञान र सीप संरक्षण गर्दै प्राज्ञिक क्षेत्रमा समेत अघि बढ्ने उद्देश्य राखेर नै सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि ल्याएको चर्चा गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पालीले प्रतिष्ठानले नीति निर्माण गर्दा २०२२ सालको भन्दा ०८० सालको कुराले निर्धारण गर्न आवश्यक भएको चर्चा गर्दै नयाँ युग सुहाउँदो र संविधानले मागेको कुरासँग जोडिनुपर्नेमा जोड दिइन्। राष्टिझय योजना आयोगका सदस्य रामकुमार फुयाँलले भाषा, साहित्य, संगीत, ललितकलाको क्षेत्रमा प्रदेशसँग जोडिएर बहुभाषिक संग्रहालय, अनुसन्धान, अभिलेख, जीवित संग्रहालयको विषयमा काम गर्न जरुरी भएको जनाउँदै प्रतिष्ठानले ठोसरुपमा योगदान पुग्न सक्नेगरी काम गरिरहँदा अन्तबाट रकमान्तर गरेर पनि काम अघि बढाउन सकिने बताए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले अग्रज कलाकार, बौद्धिक वर्ग र प्राज्ञ सभाले आफ्नो भूगोल र माटो सुहाउँदो हुटहुटी लिएर आएको जनाउँदै प्राज्ञसभा एउटा निष्कर्षमा पुग्ने धारणा राखे। समारोहमा मूर्तिकार नरेन्द्रप्रसाद भण्डारीद्वारा लिखित पुस्तक समसामयिक नेपाली मूर्तिकला र मूर्तिकारको समेत सार्वजनिक गरियो। ञमेरो पुस्तकले अनुसन्धानको क्रममा धेरै मूर्तिकारलाई समेटेको छ। नेपाली कलाको विकासका लागि हामीलाई जुन जिम्मेवारी दिइएको छ, त्यसमा मूलतः नीति निर्माणमा हस्ताक्षर मात्र गर्ने छैनौं। नयाँ ढंगले सहयोग पनि गर्नेछौ पुस्तक सार्वजनिकीकरणपश्चात् उनले भने। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले तीनवटै एकेडेमी एउटै विधामा पर्ने धारणा राखिन्। भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले नेपालका रैथाने र परम्परागत कला तथा ज्ञानको संरक्षणमा ध्यान दिँदै त्यसलाई सूक्ष्म र बृहत् दुवै तवरले खोज, अनुसन्धानमा समेत ध्यान दिनुपर्ने धारणा राखे।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको क्षेत्रमा अहिले चुनौतीसँगै नयाँ अवसरसमेत रहेको बताए। उनले नीतिगत तथा संरचनागत तहमा प्रतिष्ठानले यस कार्यकालमा धेरै काम गर्ने उद्देश्य राखेर अघि बढेको जनाउँदै त्यसको नतिजा पनि केही समयपछि देखिने धारणा व्यक्त गरे।