सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै

0
Shares

काठमाडौं । सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक लडाईं जारी भएपछि यो घोषणा गरेका हुन् ।

महासचिव गुटेर्रेसले सुडानमा युद्धविराम घोषणाको ७२ घण्टामा सहमतिलाई व्यापक रूपमा उल्लङ्घन गरिएको भन्ने जानकारीपछि नयाँ टाली त्यसतर्फ पठाउन निर्देशन दिएको प्रवक्ता स्टेफन दुजारिकले बताए ।

संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले आइतबार एक छुट्टै वक्तव्य जारी गर्दै सुडानको मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् । रासस