कामपाद्वारा विद्यालय हाताभित्र राजनीतिक गतिविधिमा रोक

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिका भित्रका विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न नदिने भएको छ ।

महानगरभित्र सञ्चालित केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक गतिनिधि भएकोले उप्रान्त यसो गर्न नदिन महानगरले निर्देशन दिएको छ ।

विद्यालयभित्र दलका मातृ संघ, संगठनहरूले राजनीतिक कार्यक्रम गरेको प्रमाणसहित उजुरी परेकोले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको काठमाडौं महानगरपालिकाले जारी गरेको निर्देशनमा भनिएको छ ।

जारी निर्देशन पश्चात् विद्यालय हाताभित्र राजनीतिक दल र तिनका भातृ संगठनहरूका कार्यक्रम गर्न नदिन काठमाडौं महानगरले निर्देशन दिएको छ ।

यद्यपि अनुगमनका क्रममा विद्यालयभित्र यस्ता कार्यक्रमको आयोजना तथा सञ्चालन गरेको पाइएमा प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने चेतावनी दिइएको छ ।