शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको  ११ औँ वार्षिकोत्सव  सम्पन्न



काठमाडौँ । 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ।
।  मानब अंग प्रत्यारोपण केन्द्रका पूर्व अध्यक्ष डा शुशील नाथ प्याकुरेलज्यूको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रममा एक वर्ष भरी केन्द्रमा भएको प्रगति विवरण केन्द्रका कार्यकारी निर्देशकले प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रले एक वर्षमा प्रदान गरेका सेवाहरुको विषयमा समीक्षा भएको थियो ।

उक्त कार्यक्रममा बिरामीको प्रतिनिधित्व गर्ने मिर्गौला पीडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मिर्गौला सोकार समाजका अध्यक्ष बलराम सुबेदीले केन्द्रमा कार्यर सम्पूर्ण कर्मचरीहरुले बिरामीको उपचारमा पु¥याएको  सेवाको प्रशंसा गरे।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै बोडका सदस्य प्रेम प्रकाश उप्रेतीले केन्द्रमा कार्यरत सम्र्पुण कर्मचारीरुको मेहनत र परिक्षमको कदर गर्नु पर्ने र आगामी दिनमा केन्द्रले अझ सफलता हासिल गर्नको लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमा केन्द पूर्व अध्यक्ष एवं  प्रमुख अतिथि सुशील नाथ प्याकुरेलले आफ्नो पालामा भर्खरै सुरु भएको केन्द्रलाई विकास गरी हालको अवस्थासम्म ल्याउनको लागि आफू  सधैँ लागी परेको  बताउनुभयो । केन्द्रको प्रगतिमा केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहयोग र साथले यस किसिमको सफलता प्राप्त भएको उहाँको  भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्