रहेनन् कीर्तिपुर नपा वडा ४ का अध्यक्ष श्यामकुमार अधिकारी

0
Shares

काठमाडौं ।

कीर्तिपुर नगरपालिका वडा ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । कीर्तिपुरका स्थानीय पत्रकार विरेन्द्र शाक्यका अनुसार माईतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारार्थ वडा अध्यक्ष अधिकारीको निधन भएको हो ।

बैशाख १ गते शुक्रबार वडाको पुष्पलाल पार्कमाथिबाट स्थानीय मनोज बुढाथोकीको बाईकमा घर जाने क्रममा बाईक अनियन्त्रित भई लडेका थिए । टाउकोमा गम्भीर चोट पुगेका अधिकारीको माईतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भैरहेको थियो ।