दुई नक्सवादी महिला कमाण्डरको हत्या

0
Shares

नयाँदिल्ली ।

मध्य प्रदेशको बालाघाट जिल्लामा मुठभेडका क्रममा प्रहरीले दुई नक्सलवादी महिला कमाण्डरलाई मारेको छ ।

भारतीय प्रहरीले यी दुई नक्सलवादी महिलाका लागि १४–१४ लाख भारतीय रुपैयाँ ( झन्डै २५ लाख नेपाली) पुरस्कार घोषणा गरेको थियो ।

सो घटनाको जानकारी पाएलगत्तै बालाघाट प्रहरीका वरिष्ठ अधिकारी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका थिए ।

उनीहरु मध्य एकजना एरिया कमाण्डर तथा अर्का गार्ड रहिसकेका दुई ठूला महिला नक्सलवादी कमाण्डर रहेको खुलेको थियो । बालाघाट प्रहरीले यसको पुष्टि गर्दै दुबैको साथबाट हतियार, कारतूस र अन्य सामग्री बरामद भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार नक्सलवादी महिला कमाण्डरहरूसँग गढी थाना क्षेत्रमा प्रहरीसँग भिडन्त भएको थियो। प्रहरी उपरीक्षक समीर सौरभका अनुसार शनिबार बिहान गढी थाना अन्तर्गत कडला जंगलमा हकफोर्स र नक्सलवादीबीच भिडन्त हुने क्रममा उनीहरु मारिएको हुन ।

मध्य प्रदेशको बालाघाट जिल्ला लामो समयदेखि नक्सलवादको समस्यासँग लडिरहेको छ । बालाघाट प्रहरीले गत वर्ष पनि ६ जना नक्सलवादीलाई मारेको थियो ।