राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता

0
Shares

काठमाडौं ।

रुसी उपल्लो सदनको निमन्त्रणामा औपचारिक भ्रमणमा रुस पुगेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र  रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनकाबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा  दुई देशबीच अन्तर–संसदीय सहयोगलाई प्रर्वधन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रियामार्फत् अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने बिषयमा छलफल भएका छन् ।

अध्यक्ष तिमिल्सिनाले दुई देशबीचमा विश्वासको वातावरण बढाउन तथा आपसी सहयोग अभिवृद्धि गर्न भ्रमणले महत्वपुर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरे । उनले अन्तर–संसदीय सहयोग बढाउँदै नेपालमा मलखाद तथा गहुँको निर्यात गर्नका लागि रुसले देखाएको रुची प्रति कृतज्ञता ज्ञापन पनि गरे । उनले नेपालले अन्तराष्ट्रिय मामिलामा स्वतन्त्र दृष्टिकोण अवलम्बन गर्दै आएको स्पष्ट पारेका थिए ।

उक्त भेटमा रुसको तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनले रुस र भारतका बीचमा छैटाैँ ठुलो व्यापार भइरहेको बताउँदै त्यसबाट नेपालले पनि फाईदा लिनुपर्ने सुझाव दिए । संसदीय अनुभव आदनप्रदानका लागि यस्ता भ्रमणहरुलाई निरन्तरता दिदै जाने र भविश्यमा निम्तो पाएमा नेपालमा पनि रुसी प्रतिनिधि मण्डल आउन इच्छुक रहेको बताएका थिए ।

यसैगरी अध्यक्ष तिमिल्सिनाले आजै रुसका विभिन्न राजनैतिक दलका नेतृत्व संग पनि भेटघाट गर्ने कार्यक्रम छ भने मस्को स्थित अन्तराष्ट्रिय सम्बन्ध संस्थानका बिद्यार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । आजै रुसमा रहेका गैह्रआवासीय नेपालीहरुको कार्यक्रम समेत सहभागी हुनेछन् ।