मुकुन्दराज शर्मालाई ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्रदान

28
Shares

काठमाडौं । लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्मालाई ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्रदान गरिएको छ । ३० दशकभन्दा बढी शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै शर्मालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

अनुजा मिडियाद्वारा आयोजित एडुकेशन एक्सिलेन्स अवार्डमा नेपाल भरिका २० जना उत्कृष्ट प्रिन्सिपलहरुलाई बेस्ट प्रिन्सिपल अवार्ड प्रदान गरिएको हो । यात्रा प्लसको मुख्य प्रायोजन तथा योङ लिडर्स प्रोग्रामको सहयोगमा आयोजक अनुजा मिडियाले शैक्षिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै बेस्ट प्रिन्सिपल अवार्ड प्रदान गरेको छ ।

‘बेस्ट प्रिन्सिपल अवार्ड’ पाउने अन्य व्यक्तिहरुमा एभरेष्ट ईंग्लिश स्कुल, भक्तपुरका भक्त राजभण्डारी, दीप बोर्डिङ हाई स्कुल, बुटवलका टिकाराम न्यौपाने, काठमाडौंको पाणिनि स्कुलका प्रिन्सिपल कर्ण बहादुर शाही, स्टार हाईएर सेकेन्डरी स्कुल, बिराटनगरका डा.उद्धवप्रसाद पोख्रेल, विद्या सागर सेकेन्डरी स्कुल, बनेपाका हिरा शर्मा नेपाल, लिटिल आईन्स्टाईन सुन्दर प्रि.स्कुलका डा. श्याम सुन्दर चौधरी, सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुल, रुपन्देहीका कृष्णप्रसाद पौडेल, आदर्श ईंग्लिश स्कुल, पर्वतका हिमबहादुर पौडेल क्षेत्री, सुदुर पश्चिमान्चल एकेडेमी, कैलालीका योगराज गौतम, माउन्ट हर्मन ईंग्लिश स्कुल, ललितपुरका सरस्वती श्रेष्ठ, नवरत्न ईंग्लिश बोर्डिङ स्कुल, भक्तपुरका सुरेन्द्र तुबन्जा श्रेष्ठ, लोटस ईंग्लिश स्कुलकी सञ्जीता मैया शाही ठकुरी राई, माउन्ट मेची बोर्डिङ स्कुल, ईलामका राजेन माइकल गुरुङ, मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुल, भक्तपुरका भुवनलाल श्रेष्ठ, हाईड एन्ड सिक किन्डरगार्टेन, काठमाडौंकी कुमुद छतकुली भट्ट, क्वेस्ट ईंग्लिश स्कुल, मोरङका दिपक क्षेत्री, लिटिल स्टार पब्लिक स्कुल, कञ्चनपुरका समर जङबहादुर चन्द, जीवन ज्योती सेकेन्डरी स्कुल, वीरगञ्जका शिव गुप्ता र युनाईटेड एजुकेसनल एकेडेमी, बाँकेका विकास बज्राचार्य छन् ।

समाजमा रहेर शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्ने उद्देश्यले अवार्डको गरिएको आयोजक संस्था अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्यले बताइन् । यस संस्थाले मिस टिन पृन्सेस्, मिस टिन स्कुल, स्कुल प्रिन्स एन्ड प्रिन्सेस्, सक्सेस अचिवर्स अवार्ड, मोटिभेसनल सेसन, एक्जिटो एक्सिलेन्स अवार्ड लगायतका कार्यक्रमहरु सफल आयोजना गरिसकेको छ ।